३० वर्षको भयो ‘मंगोलियन हार्ट’, अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै

३० वर्षको भयो ‘मंगोलियन हार्ट’, अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै

काठमाडौं : आफ्नो स्थापनाको ३० वर्ष पुगेको उपलक्ष्यमा चर्चित नेपाली ब्याण्ड ‘मंगोलियन हार्ट’ले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ।

केही समय अगाडि छिन्नभिन्न भएको मंगोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय भएको हो। 

सन् १९९२ मा स्थापना भएको यस ब्याण्डको प्रमुख गायकमा राजु लामा रहेका छन्। विशेषगरी ‘पप’ विधाको गीत/संगीतका लागि यो ब्याण्ड चर्चित छ।

हाल स्वदेशसँगै विदेशमा समेत सांगीतिक कार्यक्रमलाई तीव्रता दिएको मंगोलियन हार्टले स्थापनाको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलिया यात्राको आयोजना गरेको गायक राजु लामाले जानकारी दिए।

अष्ट्रेलियाको सांगीतिक यात्रा भोली (सोमबार) देखि मेलवर्नबाट सुरु हुने बताइएको छ।

२६ चैत, २०७९, १२:२३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।