‘रक्सीभन्दा चुरोट कयौं गुणा हानिकारक’

‘रक्सीभन्दा चुरोट कयौं गुणा हानिकारक’

काठमाडौं : नेपाल नन् कम्युनिकेबल डिजिज् (एन्सीडी) अलाइन्सका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले रक्सीको तुलनामा चुरोट बढि हानिकारक हुने बताएका छन्।

काठमाडौंमा भएको नसर्ने रोग रोगका विषयमा पत्रकारसँगको अतरक्रियात्मक कार्यक्रममा बोल्दै डा. रेग्मीले यस्तो बताएका हुन्। नसर्ने रोगको जोखिम बढ्दै गएकोसमेत उनले बताएका छन्।

‘गाउँ–ठाउँमा जाँदा रक्सी सेवनलाई ठूलो रूपमा लिएको पाइन्छ, चुरोटलाई ठूलो रूपमा लिएको पाइँदैन,’ डा. रेग्मीले भने, ‘स्वास्थ्यको दृष्टिले हेर्दा त चुरोट भन्दा रक्सी कयौं गुणा हानिकारक छ।’

मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले नसर्ने रोगको विषयमा निरन्तर कलम चलाउनसमेत उनले अनुरोध गरे। मिडियामार्फत नसर्ने रोगको मुद्दा उठाएर जनचेतना जगाउन सके यस्ता रोगलाई कम गर्न सकिने उनले बताए।

कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरूले नसर्ने रोगको रोकथामका लागि जनचेतना जगाउनुका साथै वकालत समेत गर्नुपर्ने बताएका छन्।

नसर्ने रोगको उपचारका लागि बिरामीले ठूलो धनराशीसमेच खर्च गर्नुपरेकाले रोग लाग्नै नदिनेतर्फ सचेत हुनुपर्नेमा उनीहरूको जोड छ।

२४ चैत, २०७९, १४:४०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।