कार्तिक आर्यनले ‘आशिकी ३’ नछाड्ने, निर्देशकसँगको भिडियो भाइरल

कार्तिक आर्यनले ‘आशिकी ३’ नछाड्ने, निर्देशकसँगको भिडियो भाइरल

एजेन्सी : बलिउड अभिनेता कार्तिक आर्यनले चर्चित फ्रेन्चाइज ‘आशिकी’को तेस्रो भाग ‘आशिकी ३’ नछाड्ने भएका छन्।

कार्तिक ‘आशिकी ३’ को हिस्सा नहुने खबर फैलिरहेका बेला अब उनले फिल्म नछाड्ने खबर आएको हो। आगामी डिसेम्बरबाट छायांकन हुन लागेको फिल्मको अहिले पोस्टप्रोडक्सनको काम चलिरहेको छ।

कार्तिक अहिले फिल्म निर्माण टिमसँग निरन्तर छलफलमा रहेको खबर आइरहँदा त्यसलाई थप पुष्टि गर्ने एक भिडियो सामजि सञ्जालमा भाइरल बनेको छ। भिडियोमा उनी निर्देशक अनुराग बसुसँग देखिएका छन्।

भिडियो आएपछि ईटाइम्सले लेखेको समाचारमा कार्तिक आर्यन र अनुराग कश्यप मिलेर ‘आशिकी ३ु को लागि निर्माता भूषण कुमारसँग भेट्न गएको बताइएको छ।

१८ चैत, २०७९, ०९:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।