एसईई परीक्षा आजबाट, ४ लाख ८५ हजार परीक्षार्थी सहभागी हुँदै

एसईई परीक्षा आजबाट, ४ लाख ८५ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आज(शुक्रबार)बाट सुरु हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

बिहान ८ बजे सुरू हुने एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी हुँदैछन्।

परीक्षाका लागि २ हजार ३७ केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

प्रश्न-पत्र र उत्तर-पुस्तिका सहितका सामग्रीहरू सबै परीक्षा केन्द्रमा पुर्याइसकिएको छ।

एसईईमा सहभागी हुने विद्यार्थीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका छन्। बागमतीबाट १ लाख २ हजार परीक्षार्थीले ४ सय ३४ केन्द्रबाट परीक्षा दिँदै छन्।

त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६ सय ८ विद्यार्थीले १ सय ७९ केन्द्रबाट परीक्षा दिँदैछन्।

परीक्षा २९ गते सकिनेछ।

१७ चैत, २०७९, ०७:४१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।