चीनको चेतावनीका बावजुद ताइवानकी राष्ट्रपति अमेरिका भ्रमणमा

चीनको चेतावनीका बावजुद ताइवानकी राष्ट्रपति अमेरिका भ्रमणमा

एजेन्सी : चीनको चेतावनीका बावजुद ताइवानकी राष्ट्रपति साइ इङ–वेन अमेरिका पुगेकी छन्।

चीनले अमेरिकालाई यसअघि नै ताइवानकी राष्ट्रपतिले अमेरिकाको भ्रमणको नतिजा निकै गम्भीर हुने चेतावनी दिएको थियो।

साइ इङ–वेन हाल मध्य अमेरिकाको भ्रमणमा छिन्। यही भ्रमणका क्रममा उनी न्यूयोर्क पुगेकी हुन्।

भ्रमणको अन्त्यतिर वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने कार्यक्रम तय भएको छ।

चीनले भने यस्तो भेटको निन्दा गर्दै गम्भीर द्वन्द्व निम्तनसक्ने चेतावनी दिएको छ।

अमेरिकाले भने वेनको भ्रमणलाई लिएर चीनले चाहिनेभन्दा बढि प्रतिक्रिया जनाएको बताएको हो।

१६ चैत, २०७९, १२:३३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।