विवाह गर्दै परणिती र राघव !

विवाह गर्दै परणिती र राघव !

एजेन्सी : बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डाले विवाह गर्न लागेको खबर अहिले भारतीय मिडियामा छाएको छ।

हल्लाका बीच उनीहरू दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सँगै देखिएका छन्। परिणिती मुम्बई बस्ने गर्छिन् भने राघवको बसाइ दिल्लीमा छ।

पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्ध र विवाहको हल्लाको बजार तातेको छ। यद्यपी दुवैले अहिलेसम्म यसबारे खुलेर कुनै प्रतिक्रिया दिएका छैनन्।

हालै संसद परिसरमा पत्रकारले राघव चड्डालाई परिणितीसँग सम्बन्धित प्रश्न सोध्दा उनले ‘तपाईं राजनीतिबारे प्रश्न गर्नुस् परिणितीबारे होइन’ भनेर प्रतिक्रिया दिएका थिए।

उता परिणितीलाई पछि राघवसँगको सम्बन्धबारे सञ्चारकर्मीले सोध्दा उनी लजाएकी थिइन्। उनले राघवसँगको सम्बन्धबारे होइन पनि भन्न सकिनन्।

समाचार एजेन्सी एएनआईका अनुसार, परिणिती र राघव बुधबार साँझ पत्रकार र फोटोग्राफरलाई बेवास्ता गर्दै तीव्र गतिमा कारतर्फ गइरहेका थिए।

१६ चैत, २०७९, १०:२४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।