राम नवमीमा प्रभास स्टारर ‘आदिपुरुष’को पोस्टर सार्वजनिक, सीता बनिन् कृति सेनन

राम नवमीमा प्रभास स्टारर ‘आदिपुरुष’को पोस्टर सार्वजनिक, सीता बनिन् कृति सेनन

एजेन्सी : दक्षिण भारतीय अभिनेता प्रभास र सैफ अली खानको मुख्य भूमिका रहेको फिल्म आदिपुरुषको पोस्टर सार्वजनिक भएको छ।

टिजर रिलिज भएपछि चर्को विरोध भएको फिल्मको अहिले पोस्टर सार्वजनिक भएको हो। नयाँ पोस्टरमा फिल्मको रिलिज मिति पछि सारिएको छ।

रामनवमीको दिन पारेर फिल्म निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो। पोस्टर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

पोस्टरमा रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन, लक्ष्मणको भूमिकामा सन्नी सिंह र बजरंगबलीको भूमिकामा देवदत्त नागे देखिएका छन्।

तस्विरमा हनुमानले राम, सीता र लक्ष्मणको अगाडि नमस्कार गरिरहेको देखिन्छ।

१६ चैत, २०७९, १०:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।