पाँच सयले बढ्यो सुन, चाँदीमा १० रुपैयाँको हेरफेर
![पाँच सयले बढ्यो सुन, चाँदीमा १० रुपैयाँको हेरफेर](https://ukeraa.prixacdn.net/media/albums/Gold_6hBDU9f4Rl.jpg )
काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। चाँदीमा तोलको १० रुपैयाँले परिवर्तन आएको छ।
मंगलबार १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य बुधबार १ लाख ८ हजार तोकिएको छ भने चाँदीको मूल्यमा पनि परिवर्तन भएको छ।
यसदिन चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चैत १५, २०७९ बुधबार १०:४७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।