फिल्ममा हुने राजनीतिका कारण बलिउड छाडेँ : प्रियंका चोपडा

फिल्ममा हुने राजनीतिका कारण बलिउड छाडेँ : प्रियंका चोपडा

एजेन्सी : अभिनेत्री प्रियंका चोपडाले फिल्म क्षेत्रको राजनीतिका कारण आफूले बलिउड छाडेको बताएकी छन्।

अमेरिकाको साप्ताहिक पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’ का होस्ट ड्याक्स शेफर्ड र मोनिका प्याडम्यानसँगको कुराकानीमा उनले बलिउडमा पाइरहेको कामले खुसी नमिलेको पनि बताएकी हुन्।

कार्यक्रममा उनले बलिउडबाट हलिउडसम्मको यात्रा, भारत छाडेर अमेरिकामा बस्ने निर्णय, निक जोनससँगको प्रेम प्रसङ्ग र पुरुष कलाकारको तुलनामा महिलाले कम पारिश्रमिक पाउनेजस्ता विषयमा आफ्नो अनुभव सुनाएकी छन् ।

प्रियंकाले बलिउडबाट निस्कने कुनै बाटो खोजिरहेको पनि बताएकी छन् । यस्तो अवस्थामा संगीतको माध्यमबाट विश्वभर यात्राको मौका मिलेको पनि जनाएकी छन् ।

सन् २०१२ मा उनले ‘इन माइ सिटी’ बाट आफ्नो सांगीतिक करियर सुरु गरेकी थिइन् । साथै, सन् २०१५ को टेलिभिजन शो ‘क्वान्टिको’ मार्फत हलिउडमा पाइला राखेकी थिइन्।

सन् २०१८ मा अमेरिकी गायक तथा कलाकार निक जोनससँग विवाह गरेकी उनी गत वर्ष आमा बनेकी थिइन् ।

१५ चैत, २०७९, १०:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।