प्रदेशको नामाकरणको विषयलाई लिएर विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप (तस्बिरहरू)

प्रदेशको नामाकरणको विषयलाई लिएर विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप (तस्बिरहरू)
तस्बिर- सामाजिक सञ्जाल

काठमाडौं : कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै विराटनगरमा मंगलबार भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा ढुङ्गामुढा भएपछि प्रहरीले लाठीचार्च र अश्रुग्याँस प्रहार गरेको थियो।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले निरन्तर आन्दोलन गरिरहेका छन्।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ।

मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो। सोही क्रममा उनीहरूबीच झडप भएको हो।

१४ चैत, २०७९, १४:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।