चैते दशैमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

चैते दशैमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

पोखरा : गण्डकी प्रदेश सरकारले चैत १५ गते बुधबार सार्वजनिक विदा दिएको छ। चैते दशैँमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश मन्त्रिपरिषदको २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना बमोजिम बुधबार सार्वजनिक विदा दिएको हो।

प्रदेश सरकारले चैते दशैँको अवसरमा गण्डकीका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक विदा रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता चण्डीका पौडेलले जानकारी दिए।

१२ चैत, २०७९, १८:०७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।