धाराको पानीमा गन्ध आएपछि थाहा भयो खानेपानी ट्यांकीमा शव भएको कुरा

धाराको पानीमा गन्ध आएपछि थाहा भयो खानेपानी ट्यांकीमा शव भएको कुरा

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ।

पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो। ​​​​​​

घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर निरिक्षण गरेको थियो।

ट्यांकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए।

उनले उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पनि पानी ट्यांकीमा शव फेला परेको जानकारी दिंदै अनुसन्धान सुरु गरिएको बताएका छन्।

उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ। 

१२ चैत, २०७९, १३:४८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।