सिद्धबाबा मन्दिर नजिक भिरमा खस्यो मोटरसाइकल, २ जना घाइते

सिद्धबाबा मन्दिर नजिक भिरमा खस्यो मोटरसाइकल, २ जना घाइते

बुटवल :  पाल्पाबाट बुटवल आउँदै गरेको मोटरसाइकल आज सिद्धबाबा मन्दिर नजिकै भिरमा खस्दा २ जना घाइते भएका छन्।

लु २६ प ४८४९ नम्बरको मोटरसाइकल पाल्पाबाट बुटवल आउँदै गर्दा सडकबाट भिरमा खसेको थियो।

दुर्घटनामा परी पाल्पाको पूर्वखोला गाउँपालिकाका ६९ वर्षका मनबहादुर पुन र उनकी श्रीमती भारतीदेवी पुन घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

घाइते दुवैको अवस्था सामान्य रहेको छ भने लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको जनाइएको छ।

१२ चैत, २०७९, १०:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।