‘बजरंगी भाइजान’को सिक्वेलबाट करिना कपूर आउट, भित्रिइन् दक्षिण भारतीय अभिनेत्री

‘बजरंगी भाइजान’को सिक्वेलबाट करिना कपूर आउट, भित्रिइन् दक्षिण भारतीय अभिनेत्री

एजेन्सी : चर्चित बलिउड फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल ‘पवनपुत्र भाइजान’बाट करिना कपूर हटाइएकी छन्।

बलिउड हंगामाले फिल्मबाट करिना कपूरलाई हटाइएको जनाएको छ। करिनाको ठाउँमा दक्षिण भारतीय स्टार पूजा हेगडेलाई फिल्ममा लिइएको समाचारमा उल्लेख छ।

फिल्ममा करिनाले निभाएको भूमिका नै पूजाले निभाउने छिन्।

सलमान खान र करीना कपूरको फिल्म ‘बजरंगी भाइजान’ सन् २०१५ मा रिलिज भएको थियो र मानिसहरुले निकै मन पराएका थिए।

त्यसयता मानिसहरु फिल्म ‘बजरंगी भाईजान’ को सिक्वेलको प्रतिक्षामा थिए।

फिल्म ‘बजरंगी भाइजान’ को सिक्वेल ‘पवनपुत्र भाइजान’ को बारेमा जानकारी आएपछि फ्यानहरु निकै उत्साहित भएका छन्।

११ चैत, २०७९, १७:५०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।