‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको करिनाको संकेत, भन्छिन् : मलाई नलिइकन कसरी?

‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको करिनाको संकेत, भन्छिन् : मलाई नलिइकन कसरी?

काठमाडौं : बलिउड अभिनेत्री करिना कपुरले सुपरहिट हिन्दी फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत गरेकी छन्।

थ्री इडियट्सका तीन नायक आमिर खान, आर माधवन, सरमन जोशीको एकैखाले पहिरन लगाएको तस्बिर सार्वजनिक भएपछि करिनाले यो संकेत गरेकी हुन्।

यो तस्बिर खासमा सरमनको फिल्म ‘कंग्राच्युलेसन’ को प्रचारका क्रममा लिइएको बताइएको छ।

तर शुक्रबार अभिनेत्री करिना कपुरले भने इन्स्टाग्रामको भिडियोमार्फत थ्री इडियट्सको सिक्वेल बन्न लागेको बताएकी हुन्।

‘मलाई लाग्छ उनीहरू सिक्वेल बनाउने तयारीमा छन्। तर मलाई नलिइकन कसरी? यसबारे बोमनलाई पनि थाहा नहुन सक्छ तर सिक्वेल बनाउन लागेको गन्ध भने आइरहेको छ,’ उनले भिडियोमा भनिन्।

आमिर खान, करिना कपुर, माधवन र सरमन जोशी लगायतका स्टारहरू सहितको सन् २००९ को फिल्म थ्री इडियट्सलाई बलिउडकै सर्वाधिक सफल मध्येको एक फिल्म मानिन्छ।

यो बलिउड इतिहासमै सर्वाधिक हेरिएको फिल्म हो।

११ चैत, २०७९, १२:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।