माओवादीले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने

माओवादीले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं : कोशी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिने भएको छ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीमा तत्काल सत्ता समीकरण फेरिने अवस्था नरहेको बताए।

कोशी प्रदेश सभामा रहेको माओवादी संसदीय दलको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले केन्द्रबाट निर्देशन नआएको जानकारी दिए।

‘प्रदेशमा अहिले माओवादीले समर्थन गरेको सरकार छ,’ उनले भने, ‘नयाँ समीकरणका विषयमा केन्द्रबाट निर्देशन आएको छैन।’

यसैबीच, माओवादी केन्द्रले प्रदेशको नामाकरण सम्बन्धी विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ।

पहिचानको आधारमा नामाकरण हुनुपर्ने माग गर्दै भइरहेको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको मृत्यु भएपछि प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन अझ चर्काउने तयारी गरेको छ।

नेता आङ्बोले सरकारले सम्भव भएसम्म माग सम्बोधन गर्नुपर्ने भन्दै आन्दोलनमा मृत्यु भएका लिम्बूलाई शहीद घोषणा गरी परिवारलाई राहत दिन पनि सरकारसँग माग गरे।

१० चैत, २०७९, १८:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।