जोगिने भयो जम्मकट्टेलको सत्ता, कांग्रेसले विश्वासको मत दिने

जोगिने भयो जम्मकट्टेलको सत्ता, कांग्रेसले विश्वासको मत दिने

काठमाडौँ : बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका सालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने नेपाली काँग्रेस प्रदेश संसदीय दलको निर्णयसँगै माओवादी प्रदेश नेतृत्व जोगिएको छ।

जम्मकट्टेलले बिहीबारै विश्वासको मत लिने प्रयास गरेका थिए। तर कांग्रेसले प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै प्रदेश सभा बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भयो भने मुख्यमन्त्री जम्मकट्टेल दबाबमा परे।

चैत १२ गतेभित्र जसरी पनि विश्वासको मत पाउनुपर्ने दबाबमा रहेका उनका लागि काँग्रेसको समर्थनको अर्को विकल्प थिएन। आखिर बिहीबारको दिनभरको प्रयासपछि काँग्रेसको संसदीय दलको बैठक बसेर उनलाई विश्वासको मत दिने निर्णय गर्यो।

काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले शुक्रवार कांग्रेसले मुख्यमन्त्रीमा जम्कट्टेललाई विश्वासको मत दिने पुष्टि गरेका छन्।

जम्मकट्टेललाई मुख्यमन्त्रीमा समर्थन गरेको दलमध्ये राप्रपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिइसकेको छ। एमाले भने अझै सरकारमै छ। काँग्रेस बागमतीमा सबैभन्दा ठुलो दल हो। 

९ चैत, २०७९, २२:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।