१२ सयले बढ्याे सुनको भाउ

१२ सयले बढ्याे सुनको भाउ

काठमाडौं : साताको पाँचौ दिन सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार सुनकाे मूल्य प्रतितोला १२ सय रूपैयाँले बढ्दा चाँदीमा २५ रूपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसदिन छापावाल सुन एक लाख ९ हजार रूपैयाँमा कारोबार हुँदा तेजाबी सुनकाे मूल्य एक लाख ८ हजार ५ हजार रूपैयाँमा कायम भएको छ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य २५ रूपैयाँले बढेर १ हजार ३६० रूपैयाँ कायम भएको छ।

९ चैत, २०७९, ११:४४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।