साेनू निगमका बुवाकाे ७२ लाख रूपैयाँ चोरी आरोपमा पूर्वड्राइभर पक्राउ

साेनू निगमका बुवाकाे ७२ लाख रूपैयाँ चोरी आरोपमा पूर्वड्राइभर पक्राउ

एजेन्सी : चर्चित भारतीय पार्श्व भारतीय गायक सोनू निगमका बुवाको ७२ लाख रूपैयाँ चोरी भएको छ।

सोनूका बुवा अगम कुमार निगमको गत मार्च १९ गते र २० गते मुम्बईको अन्धेरी इलाकाबाट ७२ लाख चोरी भएको थियो।

चोरीपछि प्रहरीलाई खबर गरेकाेमा प्रहरीले उनीकहाँ आठ महिनादेखि काम गरिरहेका ड्राइभरलाई पक्राउ गरेको छ।

ड्राइभरले काम राम्रो नगरेको भन्दै अगमले केही दिनअघि मात्रै उनलाई कामबाट हटाएका थिए।

ड्राइभरले नक्कली चाबी बनाएर लकरबाट ७२ लाख चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बलिउड लाइफले समाचार लेखेकाे छ।

९ चैत, २०७९, ०९:२५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।