टप फाइभ : सरकारी ढुकुटी दोहनमा ‘प्रचण्डलीला’देखि कपन आगलागी घटनामा नक्कली नागरिकता र विवाहको मुद्दा जोडिएको प्रसङ्गसम्म

टप फाइभ : सरकारी ढुकुटी दोहनमा ‘प्रचण्डलीला’देखि कपन आगलागी घटनामा नक्कली नागरिकता र विवाहको मुद्दा जोडिएको प्रसङ्गसम्म

मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कार्यक्रमहरुमा सम्बोधन गर्नुका साथै अन्य विभिन्न राजनीतिक गतिविधिहरु भए। प्रधानमन्त्रीले सम्बोधन गर्ने एक ठाउँमा उनीविरुद्ध नाराबाजी भयो। नाराबाजी गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर मुख थुनेको दृश्य सामाजिक सञ्जालभर भाइरल बन्यो।

बुधबारबाट काठमाडौंमा हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको आज पत्रकार सम्मेलन गर्दै नेपाली टिम घोषणा गरियो। नवनियुक्त मुख्य प्रशिक्षकले सात जना नयाँ खेलाडीलाई टोलीमा समावेश गर्दै नेपाली टोलीको घोषणा गरे। नेपाल, भुटान र लाओसबीचको त्रिदेशीय फुटबल बुधबार साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै सरकार गठनको रस्साकस्सीमा दलहरु लागेका छन्। उनीहरु आफ्नो दललाई धेरै भन्दा धेरै मन्त्रालय भागमा पार्न कोसिस गरिरहेका छन्। कांग्रेसले ८ मन्त्रालयका दाबी नछाडेको तथा जसपा र एकीकृत समाजवादीले दुई–दुई मन्त्रालय लिनेसम्मको नेताहरुको दाबी छ। सत्ता साझेदार १० दलले केही दिनभित्रै सरकारलाई पूर्णता दिइने बताएका छन्।

अब लागौं टप फाइभतर्फः
मंगलबार विहान उकेराले परेर सफल व्यवसायी बनेका गौरव गौतमबारे लेखिएको फिचर प्रकाशित गर्यो। कक्षा १० सम्म पढेका उनी एसएलसीमा उत्तीर्ण नभएपछि माछापालनमा लागे। अहिले माछापालनबाट प्रत्यक्ष रुपमा ९ जनालाई रोजगारी दिएका छन्।
पूरा समाचारः पढेर नभइ परेर सफल व्यवसायी बनेका गौरव, माछापालनमा वार्षिक १ करोडको कारोबार लक्ष्य

मध्यान्ह उकेराले प्रधानमन्त्री पुष्पकमल दाहालले ज्यूँदै मानिसको नाम शहीदको सूचीमा राखेर अयोग्य लडाकूको नाममा नौ अर्ब बाँड्दै गरेको समाचार छाप्यो समाचारमा मन्त्रिपरिषद्मा माओवादीबाहेकका पार्टीको मानिस नभएको मौका छोपेर यस्तो निर्णयर गरिएकोबारे विस्तृतमा प्रकाश पारिएको छ।
पूरा समाचारः सरकारी ढुकुटी दोहनमा ‘प्रचण्डलीला’: शहीद र अयोग्य लडाकूको नाममा नौ अर्ब बाँड्दै

उकेराले अपरान्ह प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेको प्रहरीले मुख थुनेको समाचार छाप्यो। समाचारमा प्रधानमन्त्री पुगेपछि भएको घटनाक्रमबारे बताइएको छ।
पूरा समाचार : बानेश्वरमा प्रचण्डविरुद्ध नाराबाजी गर्नेको मुख थुनियो

साँझमा उकेराले नियमित कोलम स्तम्भमा चौथो अंग प्रकाशित गर्यो समाचारमा टेलिभिजन प्रस्तोता निमा काफ्लेको अनुभव समेटियो। ‘टेलिभिजन र सुन्दरताको सम्बन्ध’ शीर्षक वरपर रहेर उनले आफ्नो भनाइ राखेकी छन्।
पूरा कोलमः चौथो अंगः विषय उठाएपछि वारको पार लगाउने टिभी शो भएनन्

उकेराले राति पर्वतारोही निर्मल पुर्जाको कार्यालय रहेको कपनको घरको घटना क्षतिपूर्ति अनि शङ्कास्पद आगलागी मात्रै हैन नक्कली नागरिकता अनि नक्कली विवाहसँग समेत जोडिएको समाचार छाप्यो। समाचारमा नक्कली नागरिकताको विषय चितवन जिल्ला अदालत पुगेर प्रक्रियामा रहेको र आरोपी धरौटीमा मुक्त भएको विषय समेटिएको छ।
पूरा समाचारः निर्मल पुर्जाको कार्यालयको आगलागी घटनामा जोडियो नक्कली नागरिकता अनि नक्कली विवाहको मुद्दा

७ चैत, २०७९, २२:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।