उकेरा टप फाइभ : उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचितदेखि क्रिकेट खेलाडीला सम्मान थाप्न भ्याइनभ्याइसम्म

उकेरा टप फाइभ : उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचितदेखि क्रिकेट खेलाडीला सम्मान थाप्न भ्याइनभ्याइसम्म

काठमाडौं : शुक्रबार देशमा उपराष्ट्रपतिको निर्वाचन भयो। संसद् भवनमा भएको गोप्य मतदानबाट देशको तेस्रो उपराष्ट्रपतिको रुपमा रामसहायप्रसाद यादव निर्वाचित भए। उनलाई आजै निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्यो।

त्यसैगरी विश्वकप क्रिकेट छनोटमा सोझै स्थान बनाएको नेपाली टोलीलाई शुक्रबार नै प्रधानमन्त्री र राष्ट्रपतिले भेटेर बधाई दिँदै सम्मान गरेका छन्। विहान प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गरेका राष्ट्रिय टिमका सदस्यहरूलाई साँझ राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका थिए।

अब लागौं टप फाइभतर्फः
उकेराले शुक्रबार विहान सुर्खेतको जनज्योति आधारभूत विद्यालयले विद्यालय सञ्चालनका लागि स्थानीय स्रोतबाट राखिएको शिक्षकलाई तलब खुवाउन अम्रिसो खेती गरेको समाचार प्रकाशित गर्यो। २०२ विद्यार्थी अध्ययनरत विद्यालयमा कुल सात जना कर्मचारी छन्। यी सबैको तलब विद्यालयले निजी स्रोतमा धान्नुपर्ने हुन्छ।
पूरा समाचारः अम्रिसो बेचेरै शिक्षकलाई तलब खुवाउने एक विद्यालय, वर्षमा गर्छ पाँच लाख बढीको आम्दानी

उकेराले विहानै सोझै विश्वकप छनोटमा पुगेको नेपाली टिमलाई प्रधानमन्त्रीले बधाईसहित जनही ३ लाख दिने घोषणा गरेको समाचार प्रकाशित गर्यो। सोही क्रममा प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषद्लाई त्रिवि क्रिकेट मैदानमा आधुनिक फ्लडलाइट र स्कोबोर्ड राख्न निर्देशन दिए।
पूरा समाचारः सोझै विश्वकप छनोटमा पुगेको नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई, जनही ३ लाख दिने घोषणा

दिउँसो उकेराले बुटवलका सडक समयमै निर्माण नसक्दा स्थानीबासीले धुलोको सामना गर्नुपरेको समाचार तस्बिरहरूसहित प्रकाशित गर्यो। बुटवल–बेलहिया व्यापारिक आयोजना अन्तर्गत बुटवलको चौराहदेखि गोलपार्क सम्मको सडक सुस्त गतिमा निर्माण हुँदा जनताले सास्ती खेपेका छन्।
पूरा समाचारः धुलाम्मे बुटवल (तस्बिरहरू)

यस्तै उकेराले साँझपख उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएको समाचार प्रकाशित गर्यो। शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभार ल्याएर तेस्रो उपराष्ट्रति बन्न सफल भए। उनले पक्षमा संघीय १८४ र प्रदेशसभाका ३२९ को मत पाए। उनको जीवनीको बारेमा पनि उकेराले समाचार छाप्यो।
पूरा समाचारः रामसहाय यादवः शिक्षकदेखि उपराष्ट्रपतिसम्म

साँझपख उकेराले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने समाचार प्रकाशित गर्यो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुनेछ।
पूरा समाचारः मौसस विभागले भन्यो– आगामी तीन दिन मेघगर्जन, चट्याङ्ग र हावाहुरसहित वर्षा


 

३ चैत, २०७९, २१:५२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।