तिलोत्तमा नगरपालिकाले कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने

तिलोत्तमा नगरपालिकाले कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने

काठमाडौं : रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासी क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा ११ खेल जितेर क्वालिफायरमा नेपाली टोली छनोट हुँदा भुर्तेलले महत्वपूर्ण योगदान गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो।

‘नेपाली टिम विश्वकप क्रिकेटमा छनोट भएको र त्यसमा तिलोत्तमा नगरपालिकावासी कुशलको योगदान महत्वपूर्ण रहेकाले कुशललाई प्रोत्साहनका लागि नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने शुक्रबार निर्णय गरेको छ’, उपप्रमुख जगेश्वरीदेवी चौधरीले भनिन्।

नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले सकभर कुशललाई तिलोत्तमामै ल्याएर भव्य सम्मान गर्ने नगरपालिकाको योजना रहेको तर उनको समय व्यवस्थापनले साथ दिने नदिने यकिन नभएको बताए।

३ चैत, २०७९, २१:१६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।