आरिफ र आशिफ शेखलाई एफजेड मोटरसाइकल दिने वीरगञ्ज महानगरको घोषणा

आरिफ र आशिफ शेखलाई एफजेड मोटरसाइकल दिने वीरगञ्ज महानगरको घोषणा

काठमाडौं : वीरगञ्ज महानगरपालिकाले नेपाली क्रिकेट टिमका दुई सदस्य आरिफ शेख र आशिफ शेखलाई यामाहा कम्पनीको एफजेड मोटरसाइकल दिने घोषणा गरेको छ।

नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महानगरले महानगरभित्रका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरिएको महानगर प्रमुख राजेश मान सिंहले जानकारी दिए।

सिंहले राष्ट्रका गहना खेलाडीलाई सम्मान गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व हुने उल्लेख गरेका छन्।

नेपालले विश्वकप छनोटमा स्थान बनाएसँगै शुक्रबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक खेलाडीलाई ३–३ लाख रुपैयाँ दिने घोषणा गरिसकेका छन्।

साथै उनले कीर्तिपुर मैदानमा आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्नसमेत राष्ट्रिय खेलकुद परिषद्लाई दिर्नेशन दिएका छन्।

३ चैत, २०७९, १८:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।