बागमतीमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने

बागमतीमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने

हेटौंडा : बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ।

शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा काठमाडौंमा बसेको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले बताए।

‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषा सम्बन्धि ऐन ल्याउन लागेका हौं’, उनले भने।

एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (वैशाख महिना)भित्र संसदमा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन्।

एक महिनाअघि सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति बनेको थियो। समितमा श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन्।

बागमती प्रदेशमा तामाङ र नेवार समुदयाको बाहुल्यता छ।

३ चैत, २०७९, १६:१६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।