नेपाली टिमको सफलतापछि प्रधानमन्त्री​​​​​​​को निर्देशन : टीयू मैदानमा तत्काल ‘फ्लडलाइट’ र ‘स्कोरबोर्ड’ जडान गर्नु

नेपाली टिमको सफलतापछि प्रधानमन्त्री​​​​​​​को निर्देशन : टीयू मैदानमा तत्काल ‘फ्लडलाइट’ र ‘स्कोरबोर्ड’ जडान गर्नु

काठमाडौं : आईसीसी विश्वकप लिग-२ मा नेपाली टिमले पाएको सफलतापछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल टीयू क्रिकेट मैदानमा ‘फ्लडलाइट’ र ‘स्कोरबोर्ड’ जडान गर्न निर्देशन दिएका छन्।

प्रचण्डले राष्ट्रिय खेलकुद परिषदलाई कीर्तिपुरस्थित मैदानमा ‘फ्लडलाइट’ र ‘स्कोरबोर्ड’ को व्यवस्था गर्न निर्देशन दिएका हुन्।

आईसीसी विश्वकप लिग-२ मा तेस्रो स्थान हात पार्दै सिधै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएकोमा नेपाली टिमका हरे सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि उनले गरिसकेका छन्।​​​​​​​

३ चैत, २०७९, ११:५५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।