अपरेशनल ड्युटीमा रहेको भारतीय सेनाको हेलिकप्टर दुर्घटना, दुई पाइलटको शव भेटियो

अपरेशनल ड्युटीमा रहेको भारतीय सेनाको हेलिकप्टर दुर्घटना, दुई पाइलटको शव भेटियो

एजेन्सी : भारतको अरुणाचलमा दुर्घटनाग्रस्त भारतीय सेनाको हेलिकप्टरको दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ।

भारतीय सेनाको चिता हेलिकप्टर बिहीबार अरुणाचल प्रदेशमा दुर्घटना भएको हो।

भारतीय सेनाका प्रवक्ताले बोमडिलाको पश्चिममा रहेको मण्डला नजिक दुर्घटना भएको जानकारी दिए।

सेनाका अनुसार यो हेलिकप्टर अपरेशनल ड्युटीमा थियो। बिहान ९ः१५ बजे उनको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको थियो।

सेनाका प्रवक्ताले प्रारम्भिक अनुसन्धानले खराब मौसम र कुहिरोका कारण कम भिजिबिलिटीका कारण दुर्घटना भएको हुन सक्ने बताए।

२ चैत, २०७९, २०:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।