आफैं अनियन्त्रित भइ ट्याक्टर पल्टिंदा चालकको मृत्यु

आफैं अनियन्त्रित भइ ट्याक्टर पल्टिंदा चालकको मृत्यु

कैलाली : कैलालीमा बुधबार राति आफैं अनियन्त्रित भइ एक ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ।

गोदावरी नगरपालिका-३ मा भएको ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका-७ का ३१ वर्षीय प्रवेश चौधरी रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा ज्यान गएको हो।

२ चैत, २०७९, १४:००:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।