तिलोत्तमाको सडकमा राताम्मे ‘बेगमबेली’

तिलोत्तमाको सडकमा राताम्मे ‘बेगमबेली’

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सडकमा ढकमक्क बेगमबेली फूल फुलेका छन्।

‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’ महाअभियानको क्रममा हालसम्म दुई लाख भन्दा बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरू लगाएको नगरभित्रका सडक अहिले फूलले राताम्मे भएका छन्।

नगरपालिकाले सिटी फ्लावरको रूपमा बेगमबेली निर्धारण गर्दै जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको छ। बुटवल–बेलहिया सडकखण्ड अन्तर्गत तिलोत्तमा नगर क्षेत्रको १३ किलोमिटर सडक हरियाली र राताम्मे देखिन्छन्।

वसन्त ऋतुको आगमनसँगै सडकका डिभाइडरमा फुलेको बेगमबेलीले सडकलाई आकर्षक बनाएको छ। चार वर्षअघि तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्यकरणका लागि ‘बेगमबेली’ फूल लगाएको थियो।

नगरभित्रका १३ किलोमिटर सडकमा ३ हजार बढि फूल लगाइएको नगरका वातावरण शाखा हरियाली प्रवर्द्धन अधिकृत गोरखनाथ खनालले बताए। सुक्खा ठाउँमा फूल्ने र जरासमेत जमिनमुनि धेरै नजाने भएकाले यही फूल रोजिएको हो।

नगरपालिकाले यी फूलको संरक्षण गर्दै आएको छ। जसका लागि ४२ जना कर्मचारी राखिएको छ। सडकमा बेगमबेलीका अलवा ‘करवीर’ पूmल, आँप, सीसा पूmल, बर, पिपल, स्वामी लगाएतका विरुवाहरू लगाइएको छ। यसले सडक हरियाली बनेको छ।

१ चैत, २०७९, १४:०२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।