मिथिलामा आज होली, मदिरा बेच्न प्रतिबन्ध

मिथिलामा आज होली, मदिरा बेच्न प्रतिबन्ध

काठमाडौं : मिथिला क्षेत्रका साथै मधेस प्रदेशका केही जिल्लाहरूमा आज (बुधबार) होली मनाइएको छ।

जनकपुरमा १५ दिने मध्यमा परिक्रमा सकिएको भोलिपल्ट मात्रै होली मनाउने गरिएअनुसार आज मात्रै होली मनाइएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

होलीलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा बनाउनुका साथै १२ बजेपछि मदिरासम्बन्धी पसलहरू बन्द गर्न निर्देशन दिएको उनले जानकारी दिए।

साथै जथाभाबी होली खेल्नेहरूलाई पनि नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई निर्देशन दिइएको बताइएको छ। आज बिहानदेखि मालपुवा, दही लगायतका मीठा परिकारहरू खाएर मिथिलामा होली मनाइएको छ।

देशका पहाडी भूभागमा फागुन २२ गते सोमबार र तराईका अन्य जिल्लाहरूमा भने मंगलबार होली मनाइएको थियो।

२४ फागुन, २०७९, १५:१०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।