सुनसरीमा सिटी सफारीले ठक्कर दिंदा पैदलयात्रीको ज्यान गयो

सुनसरीमा सिटी सफारीले ठक्कर दिंदा पैदलयात्रीको ज्यान गयो

सुनसरी : सिटी सफारीको ठक्करबाट सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा गए राति एक जना पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदल यात्री कार्कीलाई ठक्कर दिएको थियो।

उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

२३ फागुन, २०७९, ११:३०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।