चार विधेयक र दुई अध्यादेश पारित गरेर सकियो गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन

चार विधेयक र दुई अध्यादेश पारित गरेर सकियो गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन

प्रदेश प्रमुख गुरुङले बिहीबार विज्ञप्ति जारी गर्दै चालु अधिवेशन अन्त्य भएको जानकारी सार्वजनिक गरेका हुन्। उनले जारी गरेको विज्ञप्तिमा ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहीबार राति १२ बजेटबाट अन्त्य भएको' उल्लेख छ।

सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए। बुधवार प्रदेश प्रमुख गुरुङको सम्बोधनपछि प्रदेशसभा बैठक अनिश्चितकाका लागि स्थगित गरिएको थियो।

तर बिहीबारै सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा उल्लेख छ।

गण्डकीमा चालु अधिवेशनमा चार विधेयक र दुई अध्यादेश पारित गरेको थियो। अधिवेशनमा १६ वटा बैठक बसेका छन्। अधिवेशनले विनियोजन ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित भएका छन्।

गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी चार विधेयक पारित भएका छन्।

१८ फागुन, २०७९, १८:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।