बिहीबारदेखि भीरमा अड्किएका पुरुषको शुक्रबार सकुशल उद्वार

बिहीबारदेखि भीरमा अड्किएका पुरुषको शुक्रबार सकुशल उद्वार

काठमाडौं : बिहीबारदेखि भीरमा अड्किएका एक पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भिरमा अड्किएका वडा नम्बर ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरीको शुक्रबार सशस्त्र प्रहरील उद्धार गरेको हो।

स्थानीयले जानकारी गराएपछि सशस्त्र प्रहरीले रोप रेस्क्यु विधि अपनाई करीव १५ मिटर तलबाट गौतमको सशुकल उद्वार गरेको हो।

उद्वारपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वत पठाइएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

२० माघ, २०७९, १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।