सात केन्द्रीय सदस्यले बहिष्कार गरे क्यानको बोर्ड बैठक

सात केन्द्रीय सदस्यले बहिष्कार गरे क्यानको बोर्ड बैठक

पोखरा : पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान)को कार्यसम्पादन समिति बैठक सात जना केन्द्रीय सदस्यले बहिष्कार गरेका छन्।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको र त्यसमा खेलाडीहरू मुछिएको विषयलाई लिएर असन्तुष्ट सात सदस्यले क्यान अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्य दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग्दै बैठक बहिष्कार गरेका हुन्।

असन्तुष्ट पक्षका सदस्य छुम्बी लामाले लिग आयोजनामा अध्यक्ष र कार्यसम्पादन समितिले गैर जिम्मेवार निर्णय गरेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गनुपर्ने बताए।

‘टी–२० लिगमा गल्ती भएका अध्यक्षले स्वीकार गरिसकेकाले उनीसहितको कार्यसम्पादन समितिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ,’ उनले भने, ‘गल्ती स्वीकार गरेपछि कार्यसम्पादन समितिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’

नेपाल टी–२० लिग सञ्चालनको समयमा गठन गरिएको गर्भनिङ काउन्सिलका तीन सदस्यको समेत राजीनामा मागिएको छ।

१७ माघ, २०७९, १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।