नेपाली क्रिकेट फिक्सिङ प्रकरणः महबुब ‘नो बल’ फ्याँक्न लगाउने, आदिल ‘नो बल’ फ्याँक्ने

नेपाली क्रिकेट फिक्सिङ प्रकरणः महबुब ‘नो बल’ फ्याँक्न लगाउने, आदिल ‘नो बल’ फ्याँक्ने

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी महबुब आलमले नेपाल टी–२० लिगमा स्पट फिक्सिङको प्रयास गरेको पाइएको छ।

उनकै फिक्सिङ प्रयासमा अर्का खेलाडी मोहमद आदिल आलमले स्पट फिक्सिङका लागि खेलेकाे देखिएकाे प्रहरीले जनाएकाे छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै गत महिना सम्पन्न लिगमा भएको फिक्सिङ र बेटिङबारे जानकारी गराएकाे हाे। 

सीआईबीका अनुसार महबुबले कम्तिमा दुई नेपाली खेलाडीमार्फत स्पट फिक्सिङ गराउन खाेजेका थिए। जसमध्ये एक हुन्, युवा खेलाडी मोहमद आदिल आलम।

गत महिना भएकाे लिगमा उनी कुनै टिमसँग संलग्न नभए पनि उनले फिक्सरकाे भूमिका खेलेकाे प्रहरीले जनाएकाे छ।

महबुबले फिक्सिङका लागि जनकपुर रोयल्सबाट खेलेका आदिललाई एउटा नो बल र एउटा वाइड बल फाल्न लगाएकाे प्रहरीको दाबी छ।

आदिलले कम्तिमा दुई खेलमा फिक्सिङकाे शंका गर्न सकिने उस्तै खालकाे खेल देखाएको प्रहरीले जनाएकाे छ।

१० माघ, २०७९, १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।