शाहरुखको 'पठान' सँगै सलमानको 'किसीका भाइ किसीकी जान'को टिजर रिलिज हुने

शाहरुखको 'पठान' सँगै सलमानको 'किसीका भाइ किसीकी जान'को टिजर रिलिज हुने

एजेन्सी: शाहरुख खान र सलमान खानका आ-आफ्नै फ्यान बेस छन्। एकले अर्काको अस्तित्वलाई कमै स्वीकार्छन्। तर, यी दुवैको फ्यान हुनेहरूलाई भने भोलि अर्थात् २५ जनवरीमा ठूलै उपहार प्राप्त हुने भएको छ।

भोलि शाहरुख खानको बहुप्रतीक्षित फिल्म 'पठान' प्रदर्शनमा आउँदैछ। चार वर्षपछि ठूलो पर्दामा फर्किएका शाहरुखको यो फिल्मले टिकट बुकिङमा एकपछि अर्को कीर्तिमान बनाइरहेको छ। यसले बलिउडको गिर्दो शाखलाई पनि उकास्न सक्ने आकलन भइरहेको छ।

यसैबीच भारतीय सञ्चारमाध्यमहरूले यस्तो खबर सम्प्रेषण गरेका छन् जसले शाहरुखको मात्र नभएर सलमानको फ्यान पनि खुशी हुनेछन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पठानको रिलिजसँगै सिनेमा हलहरूमै सलमानको फिल्म 'किसीका भाइ किसीकी जान'को पनि टिजर रिलिज हुँदैछ।

यस फिल्मको टिजर रिलिज हुने र ठूलो पर्दामा हुने भनेर सलमान आफैँले जानकारी दिएका हुन्। तर उनले पठानसँगै रिलिज गर्ने वा नगर्नेबारे भने प्रष्ट बताएका छैनन्। तर धेरैको आकलन छ- टिजर पठानसँगै रिलिज हुन्छ।

यस्तै बलिउडका चर्चित ट्रेड एनालिस्ट तरण आदर्शले पनि पठानसँगै किसीका भाइ किसीकी जानको टिजर रिलिज हुने दावी गरेका छन्।

सलमानको फिल्मको रिलिज मिति भने सन् २०२३ को ईद हुने बताइएको छ।

१० माघ, २०७९, १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।