एजेन्सी : बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला आफ्नो आगामी फिल्म ‘शहजादा’ को प्रमोशनमा व्यस्त छन्।
हालै रजत शर्माको लोकप्रिय शो ‘आप की अदालत’मा आफ्नो फिल्मको प्रमोशन गर्न उपस्थित कार्तिकले फिल्म उद्योगमा आफ्नो संघर्ष, करण जोहरसँगको सम्बन्ध र बक्स अफिसमा आफ्ना फिल्महरूको सफलताबारे खुलेर कुरा गरे।