स्थानीय सरकार

बर्दघाट नगरपालिकाले लागू गर्‍यो स्थानीय पाठ्यक्रम


काठमाडौं: बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ। नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए। “हामीले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पढाइ सुरु गरिएको हो।”

सात पालिका रहेको जिल्लामा स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट पहिलो पालिका बनेको छ।

‘हाम्रो बर्दघाट’ नाम दिइएको स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तकमा स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादन, जडीबुटीलगायत बर्दघाटको समग्र क्षेत्र समेटिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले स्थानीय पाठ्यक्रमले नगरक्षेत्रको शैक्षिक विकास तथा पहिचानमा सहयोग मिल्ने विश्वास व्यक्त गरे।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्नसक्ने व्यवस्था गरेकाले पाठ्यपुस्तक प्रकाशन गरेर विद्यार्थीलाई अध्ययनका लागि व्यवस्थापन गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ। 

सो पाठ्यक्रमको लेखन तथा सम्पादनमा डा. घनश्याम न्यौपाने, डा. शालिकराम पौड्याल, डा. प्रेमप्रसाद तिवारी र शेषकान्त पौडेल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

धनगढीको व्यस्त सडकमा पार्किङ गर्न रोक

अत्तरिया मोहना ६ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो। उक्त ६ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध....

रोल्पाका दुई स्थानीय तहबीचको सीमा विवाद समाधान गर्न समिति गठन

यसका लागि लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुन मगरको नेतृत्त्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्ती मगरसहितको टोली विवादित क्षेत्रमा पुगेको....

पोखराको व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

महानगरपालिकाले मुख्य शहरी क्षेत्रको पृथ्वीचोक–सभागृह चोक, न्यूरोड, बीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।....

गर्भनर अधिकारी र मेयर शाहबीच भेटवार्ता, सहकारी नियमनबारे छलफल

भेटमा प्रमुख शाहले, महनगरको कार्यक्षेत्रमा रहेका सहकारीहरूमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न महानगरले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे। यसलाई थप प्रभावकारी....

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

सुरुमा नौ र क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले बताए। निश्चित स्थानमा मात्र परिचयपत्र....