स्थानीय सरकार

सन्तानलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकको तलब रोक्का गर्ने गाउँपालिकाको चेतावनी


विदुर : नुवाकोटको सूर्यगढी गाउँपालिकाले मातहतका विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै अध्ययन गराउन निर्देशन दिएको छ।

गाउँपालिकाको गाउँ शिक्षा समितिको पुस २२ गते बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउनुपर्ने निर्णय गरेको गाउँपालिकाको शिक्षा अधिकृत नवराज पुरीले जानकारी दिए।

गाउँपालिकाको निर्देशन अटेर गरे गाउँपालिकाबाट प्रदान हुने सेवा तथा सुविधा निजको लागि रोक्का लगायतका कारबाही प्रक्रिया अगाडि बढाउनेसमेत उनले बताए।

अहिले माध्यमिक तहसम्मका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूको तलब तथा सुविधासमेत स्थानीय तहले प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

धनगढीको व्यस्त सडकमा पार्किङ गर्न रोक

अत्तरिया मोहना ६ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो। उक्त ६ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध....

रोल्पाका दुई स्थानीय तहबीचको सीमा विवाद समाधान गर्न समिति गठन

यसका लागि लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्रकुमार पुन मगरको नेतृत्त्वमा रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्ती र माडीका अध्यक्ष अमरसिंह घर्ती मगरसहितको टोली विवादित क्षेत्रमा पुगेको....

पोखराको व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

महानगरपालिकाले मुख्य शहरी क्षेत्रको पृथ्वीचोक–सभागृह चोक, न्यूरोड, बीपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।....

गर्भनर अधिकारी र मेयर शाहबीच भेटवार्ता, सहकारी नियमनबारे छलफल

भेटमा प्रमुख शाहले, महनगरको कार्यक्षेत्रमा रहेका सहकारीहरूमा सर्वसाधारणले बचत गरेको रकम सुरक्षा गर्न महानगरले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको उल्लेख गरे। यसलाई थप प्रभावकारी....

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

सुरुमा नौ र क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउन कामपाले राष्ट्रिय पञ्जीकरण विभागसँग अन्तिम चरणको छलफल गरिसकेको प्रवक्ता नवीन मानन्धरले बताए। निश्चित स्थानमा मात्र परिचयपत्र....