मंगलबार २९ बैशाख, २०८३
गायक निर्मल दाहालको ‘पागल’ गीत सार्वजनिक
काठमाडौं : गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्वजनिक भएको छ। धीरज क्षेत्रीको शब्द तथा संगीत रहेको उक्त गीतमा प्रमोद परियारले संगीत संयोजन गरेका छन्।
दाहालले आफ्नै युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन्। उनले यसअघि ‘जब घाम ढल्छ’ र ‘अचेल’ बोलको गीतको भिडियो निकालिसकेका छन्।
अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोमा सुरज श्रेष्ठ, सुस्मिता केसी, सुशान्त महर्जन, सेमाङ बोसलगायतका कलाकारहरुले अभिनय गरेका छन् भने निर्देशन सुरज श्रेष्ठले गरेका छन्।
फागुन १०, २०७९ बुधबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।