मंगलबार २९ बैशाख, २०८३
१३ वर्षीया बालिका बाँसघारीमा लगेर बलात्कार, १८ वर्षीय किशोर पक्राउ
सिरहा : १३ वर्षीया बालिकालाई बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–४ कुथनुवा बस्ने १८ वर्षीय किशोर रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा बलात्कार गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालयल मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
फागुन ६, २०७९ शनिबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।