रविको नागरिकताबारे प्रहरीले छानबिन गरेपछि पार्टीका नेताहरू कानुनी परामर्शमा

रविको नागरिकताबारे प्रहरीले छानबिन गरेपछि पार्टीका नेताहरू कानुनी परामर्शमा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको नागरिकता र राहदानी विषयमा प्रहरीले औपचारिक छानबिन सुरु गरेकोबारे जानकारी नभएको बताएका।

ढकाले भने  ‘मैले पनि समाचारमा सुनेको हो। समाचारमा सुन्ने बित्तिकै त हुँदैन नि त,’प्रवक्ता ढकालले भने,‘यसको औपचारिक जानकारी भयो भने जब पार्टीको धारण आउनुपर्ने समय आउँछ तब आइहाल्छ।'

उनले प्रहरीको अनुसन्धान कता पत्र काटेको के भनेर समाचार...पढेको तर त्यो भन्दा बढी थाहा नभएको उनले दाबी गरे।

उनले यस विषयमा अधिवक्तासँग छलफल भइरहेको बताए। । समाचारमा आएको विषय सत्य रहेछ भने कुराहरू अगाडि बढ्ने उनले बताए।

उनले यसबारे पार्टी सभापति लामिछानेसँग भने कुरा नभएको दाबी गरे। ‘उहाँसँग यसबारे कुरा भएको छैन।’

अधिवक्ताले कानुनी विषय भएकाले प्रक्रिया अगाडि बढेपछि त्यही अनुसार पार्टीको धारणा दिन सुझाव दिएकाले अधिवक्ताको सल्लाह अनुसार अगाडि बढ्ने र कानुनी कुरा भएको भएकाले कानुन अनुसार नै जाने मुकुलले उकेरासँग बताए।

१६ मंसिर, २०७९, १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।