काठमाडौं : काठमाडौं महानगरपालिकाले अनधिकृत संचरना हटाउने क्रममा सोमबार थापाथपलीमा नगर प्रहरी बलमाथि भएको आक्रमणको घटना छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
स्थानीय सरकार
प्रवक्ता ननीन मानन्धरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका हुन्।
नियन्त्रणमा लिएर नगर प्रहरी शर्मिला बोगटीसहित १८ जनामाथि सांघातिक रूपमा घरेलु हतियार प्रयोग गरी आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।
घाइतेमध्ये बोगटीसहित तीन जनाको आईसीयूमा उपचार भइरहेको छ। महानगरले घटनाको संलग्नका जानकारी महानगरीय प्रहरी परिसर टेकुमा पठाएको पनि जनाएको छ।
आरोपितमाथि छानबिन र कानूनी कारबाहीको माग विज्ञप्तिमा गरिएको छ।
२०७९ मंसिर १२ गते २१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।