फुलपातीको दिन कमल र मेलिनाको विवाह

फुलपातीको दिन कमल र मेलिनाको विवाह

काठमाडौंः गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन्।

दशैंको फुलपातीको दिन पारेर उनले गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन्। गायक खत्रीले आफूहरूले पारिवारिक सदस्यहरूको मात्र उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको भन्दै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने घोषणासमेत गरेका छन्।

‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘सबैमा विजया दशमीको शुभकामना।’

केही वर्षदेखि प्रेममा रहेका उनीहरूले भदौ २६ गते इन्गेजमेन्ट गरेका थिए।

१६ असोज, २०७९, १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।