कहाँको एन्जलीना, कहाँको स्वस्तिमा !

कहाँको एन्जलीना, कहाँको स्वस्तिमा !

काठमाडौँ : उता प्रीयंका चोपडाको जस्तो लुक्सको फोटो आयो यता प्रीयंका कार्कीको उस्तै फोटो सार्वजनिक हुन्थ्यो। नक्कल गर्नमा अक्कल लगाउन नसक्दा उनी धेरै पटक ट्रोलरको निशानामा पनि परिरहिन्। तर पछिल्लो समय आमा बनेपछि भने गाली खाने काम गरेकी छैनन् उनले। प्रियङ्काको स्थान अब अर्की नायिका स्वस्तिमा खड्काले लिन थालेकी छिन् एन्जलिना जोली बन्ने रहर गरेर।

केही दिन अगाडि खड्काले इन्टाग्राममा एक तस्बिर सार्वजनिक गरिन् जसले ट्रोलरहरुलाई राम्रै खुराक दिइरहेको छ। उनले जुन पोजमा तस्बिर खिचाइन् त्यो यस अगाडि नै इन्टरनेटको सञ्जालमा चर्चित भइसकेको पोज हो।

दुवै हातमा बन्दुक बोकेर गरिएको फोटो सुट र यस अगाडि चर्चामा आएको फोटो सुटमा फरक भनेको फेसियल एक्सप्रेसन मात्रै हो। पहिलाको तस्बिरमा हातमा बन्दुक लिँदाको एग्रेसिभ मुड देखिन्छ अहिले नै ठोकिहाल्ने जस्तो। स्वस्तिमाको मुड चैँ कतै भुईँमा खसेको बन्दुक टिपेर मायालु पाराले कसैलाई दिन जान लागेको जस्तै एक्सप्रेसन देखिन्छ।

पहिल्यै चर्चामा आएको तस्बिर हलिउड नायिका एन्जलिना जोलीको हो। उनले फोटो सुट गराएको भन्दा पनि त्यो गेट अप फिल्म ‘टम्ब रेइडर’ थियो। फिल्मको क्यारेक्टर अनुसार बोल्ड एन्ड एंग्री देखिएकी छिन् उनी।

यता स्वस्तिमाको तस्बिर कुनै फिल्मको क्यारेक्टर प्रयोजनका लागि भन्दा पनि व्यक्तिगत प्रयोजनका लागि गराएको फोटो सुट जस्तै देखिन्छ। पवन जोशीले खिचेको तस्बिरमा उनले क्याप्सन लेखेकी छिन्' “Be a lady”, they said.

तस्बिरमा उनी बोल्ड एन्ड ब्युटिफुल देखिएकी छिन् जुन उनले छानेको तस्बिरको पोजको डिमान्ड हैन। हातमा बन्दुक लिएर तस्बिर खिचाउने मुड र हातमा बन्दुक लिएर खिचाउने तस्बिरको मुड पक्कै फरक हुन्छ भन्ने यतिको अभिनयबारे जानकार स्वस्तिमाले नजानेको कुरै हैन।

सबै पोज कपी गरे पनि मुड चैँ कपी नगरौँ भन्ने लागेको हो भने यस्तो पोजमा बन्दुक हैन फुलै सुहाउँछ। लेडी डनको पोजमा लभर्स लेडीको मुड पटक्कै सुहाएन।

१० असोज, २०७९, १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।