हरियाली ललितपुर बनाउने मेयर महर्जनको चाहना

हरियाली ललितपुर बनाउने मेयर महर्जनको चाहना

ललितपुरः ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरमा ग्रिनरी (हरियाली)लाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्।

शुक्रबार ललितपुरको कुपन्डोलमा प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकको उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरले ग्रिनरीलाई पहिलो प्राथमिकतामा राखेको बताए।

सम्भावना भएका अधिकांश ठाउँमा विरुवा रोपिएको र त्यसलाई हुर्काउन लागि आवश्यक व्यवस्था मिलाइएको उनले बताए। महानगरलाई स्मार्ट सिटी बनाउने उनको लक्ष्य छ।

मेयर महर्जनले रात्रीकालिन अवस्थामा प्लेनमा बसेर काठमाडौं उपत्यका छिर्दा उज्यालो ललितपुर महानगर लेखिने दाबी गरे।

उनले प्यासिफिक क्लिनिक अस्पतालभन्दा कम नदेखिएको भन्दै सफलताको शुभकामना दिए।

२४ भदौ, २०७९, २२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।