कोरियोग्राफर रेनशा बनिन् जुम्ल्याहा सन्तानको आमा, एक सेकेन्डको फरकमा जन्मिए छोरी-छोरा

कोरियोग्राफर रेनशा बनिन् जुम्ल्याहा सन्तानको आमा, एक सेकेन्डको फरकमा जन्मिए छोरी-छोरा
कभर तस्बिर : अनुप भट्टराईको फेसबुक पेजबाट

काठमाडौँ : कोरियोग्राफर रेनशा राईले जुम्ल्याहा सन्तान जन्माएकी छिन्। उनले शुक्रवार एक छोरा र एक छोरी जन्माएकी हुन्।  उनले प्रज्वलसँग गत वर्ष विवाह गरेकी थिइन्।

रेनशा नेपालकी परिचित कोरियोग्राफर हुन्। सुत्केरी हुनु अगाडि उनले आफ्नो गर्भावस्था इन्जोय गर्दै स्मरणीय तस्बिर खिचेर इन्टाग्राममा राखेकी थिइन्।

उनले ७: ४९ बजे छोरीलाई जन्म दिइन्। उनी साढे २ किलोकी छिन्। लगत्तै ७: ५० मा छोरा जन्मिए। उनी नि साढे २ किलोको छन्। उनको तस्बिर समेत सार्वजनिक भएको छ कहाँ उनी निकै खुसी देखिन्छिन्। 

३ भदौ, २०७९, २३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।