काठमाडौँ : आठ वर्षकी विदेहा रञ्जनले नेपालमा रहेका जङ्गली र पालुवा हात्तीबारे जनचेतना जगाउन फोटो प्रदर्शनी गर्ने भएकी छिन्। नेपाल कला परिषद्मा उनले तीन वर्षको उमेरमै ६६ भन्दा बढी कलाको एकल प्रदर्शनी गरिसकेकी छिन्।
उकेरा जुनियर
आठ वर्ष पुगेकी विदेहाले स्ट्यान्डअप फोर एलिफन्ट्स र स्पाइनी ब्याबलरसँग मिलेर हात्ती, वातावरण, प्रकृति र जलवायुको प्रभाव देखाउन फोटो प्रदर्शनी गर्न लागेकी हुन्।
प्रदर्शनीले नेपालका जङ्गली हात्ती र पालुवा हात्तीहरूप्रतिको चासो, बुझाई र समर्थन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै बढ्ने आशा राखिएको छ।
स्ट्यान्डअप फोर एलिफन्ट्सका संस्थापक फ्लोरेन ब्लटले बालबालिकामा आफ्नै विशिष्ट प्रतिभा हुने बताउँदै विदेहाको फोटोग्राफी फरक रहेकी बताएकी छिन्।
कतिपय नेपाली हात्तीहरूले छ सयदेखि नौ सय किलो बढी तौल बोकेर दिनको १४ घण्टा काम गर्ने गरेको र हात्तीहरूलाई उपयुक्त पोषण र उचित हेरचाह पुर्याउन गाह्रो हुनेसँगै उनीहरू दुर्ब्यवहारको सिकार समेत हुने गरेका छन्।
सो फोटो प्रदर्शनीले हात्तीको संरक्षण र उनीहरूमाथि हुने दुर्व्यवहार कम गर्ने आयोजकको आशा देखिन्छ।
२०७९ साउन १७ गते १५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।