सर्वाधिक गुमाउने रेकर्ड बनाउने बाटोमा फिल्म घन चक्कर, २ दिनको कमाई पाँच लाख ग्रस

सर्वाधिक गुमाउने रेकर्ड बनाउने बाटोमा फिल्म घन चक्कर, २ दिनको कमाई पाँच लाख ग्रस

काठमाडौँ : निर्मातालाई १८ लाख दिएका अभिनेता सौगात मल्लको अभिनय रहेको अर्को फिल्म घनचक्कले २ दिनमा जम्मा पाँच लाख मात्र ग्रस कलेक्सन गरेको छ। शुक्रवारबाट हलमा लागेको फिल्मको व्यापारको गति हेर्दा निर्माताले गरेको लगानीमध्ये कलाकारको खाना खर्च समेत उठ्न गाह्रो देखिन्छ।

उनै सौगातको समेत अभिनय रहेको फिल्म कबड्डी ४ सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको सूचीमा पर्दा कमजोर कथामा अभिनय गर्न पनि ओक्के भन्ने सौगातको अभिनय रहेको घन चक्कर भने सर्वाधिक गुमाउने नेपाली फिल्म बन्ने देखिन्छ।

शुक्रवार र शनिवारको ग्रस कलेक्सन ५ लाख भएको फिल्मको आइतबारको कलेक्सन निकै कम छ। जो सौगातको अभिनय हेर्न हल पुगे ती पनि बिचैमा हिँडे। प्राय शो दिएका हलहरूको सिट रित्तै भए।

फिल्म हेर्दा यो अभिनय गर्ने अभिनेता सौगातै हुन् भन्ने झैँ देखिन्छ। तर यति फितलो फिल्ममा अभिनय गर्ने नक्कली हैन सक्कली सौगातै हुन्। फिल्मको प्रिमियर शो मै सकारात्मक प्रतिक्रिया आएको थिएन। फिल्म यति झुर भयो कि समीक्षकहरूले समीक्षा लेख्ने जाँगर समेत चलाएनन्।

१२ असार, २०७९, २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।