विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ६२ करोड

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ६२ करोड

विराटनगर : विराटनगर महानगरपालिकाको नगर सभाको १०औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ६२ करोड ५५ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ।

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले सार्वजनिक गरेको बजेटमा वडा स्तरीय आयोजनामा ४१ करोड ६८ लाख , नगर स्तरीय आयोजनाका लागि ३० करोड, बहु वर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, कर्मागत योजनाको भुक्तानीका लागि ४० करोड छुट्टाइएको छ।

यसै गरी सडक मर्मत सम्भारमा १४ करोड, अन्य पूर्वाधारका लागि नौ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रका लागि दुई करोड ५० लाख र समपूरक कोषमा चार करोड ८० लाख विनियोजन गरिएको छ।

खर्चमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख , पूर्वाधार विकासमा  एक अर्ब ८९ करोड ७१ लाख, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ सात करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ तीन करोड ६० लाख खर्च हुने अनुमान छ।

अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमा सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ चार करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट एक अर्ब १३ करोड ९९ लाख, आन्तरिक आय एक अर्ब, जनसहभागिता आठ करोड, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख र अन्य सङ्घसंस्था तीन करोड ६० लाख हुने अनुमान छ।

१० असार, २०७९, १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।