२३ करोड सिलिङ तोकेर १५ करोडमा एमआरआइ मेसिन किन्ने सिभिलका कार्यकारी निर्देशक पौडेलको सेटिङ असफल भयो, इष्टवेष्टलाई पर्‍यो चिट्ठा

२३ करोड सिलिङ तोकेर १५ करोडमा एमआरआइ मेसिन किन्ने सिभिलका कार्यकारी निर्देशक पौडेलको सेटिङ असफल भयो, इष्टवेष्टलाई पर्‍यो चिट्ठा

काठमाडौँ : निजामती कर्मचारी (सिभिल)अस्पतालका लागि एमआरआई मेसिन किन्न गरेको सेटिङ प्रयास असफल भएको छ। लगभग २३ करोड छुट्ट्याएर १३ लाखको मेसिन किन्न स्पेशिफिकेशनदेखि सेटिङ मिलाएर कमसल सामान किन्न अस्पतालका कार्यकारी निर्देशक विधाननिधी पौडेल नै सक्रिय थिए। उकेराले यसबारे निरन्तर खुलासा गरेपछि उनीहरूले तीन टेन्डरमध्ये तोकिएको मापदण्ड अनुसारकै मेसिन दिन प्रस्तावकलाई नै टेन्डर दिने सूचना निकालेको छ।

अस्पतालले तीन प्रस्तावकमध्ये २२ करोड ७६ लाख २९ हजार पाँच सय ४८ मा प्रस्ताव गर्ने ‘इष्टवेष्ट कन्सर्न प्रालीसँग एमआरआई खरिद गर्ने सूचना निकालेको छ।

सिभिलले जेठ २५ गते सूचना जारी गर्दै ‘एमआरआई ३.० टेस्ला’ खरिदका लागि ‘इष्ट वेस्ट कन्सर्न प्रा ली’ छनोट भएको सूचना निकालेको हो। अस्पतालले जारी गरेको सूचना अनुसार १७ लाख २२ हजार नौ सय ‘युरो’मा एमआरआई मेसिन ल्याइदिने गरी इष्टवेष्टले टेन्डर पाएको छ।

इष्टवेष्टसँगै आरबी मर्चेन्ट र हस्पिटेकले प्रस्ताव पेस गरेका थिए। सिभिल अस्पतालको एमआरआई खरिदबारे उकेराले जेठ चार गते ‘एमआरआई मेसिन किन्न सप्लायर्ससँग बार्गेनिङ गर्दै सिभिल अस्पतालका निर्देशक १५ करोडको मेसिनलाई २३ करोड दिने तयारी’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो।

समाचार बाहिरिएपछि पनि उनले आफू अनुकूल सप्लायर्सलाई टेन्डर पार्ने प्रयास जारी राखे। तर मेसिन खरिदका लागि बनेका दुई वटा स्पेशीफिकेशन समिति र मूल्यांकल समितिका सदस्यहरूले आफू भ्रष्टाचारको मुद्दामा तानिन तयार नभएको भन्दै पौडेलको निर्देशन अस्वीकार गरे। 

त्यसपछि डा पौडेलले २२ करोड ७६ लाख प्रस्ताव गर्ने इष्टवेष्टसँग समेत कमिसन लिने प्रयास गरेका थिए। तर इष्टवेष्टले आफूले टेन्डर आव्हान गरे अनुसार सबै मापदण्ड पुरा गरेर प्रस्ताव गरेकाले कमिसन नदिने बताएपछि टेन्डरै रद्द गर्ने प्रयास भएको थियो।

तर टेन्डर रद्द गर्ने बलियो आधार नदेखिएपछि उनीहरूले प्रस्तावकमध्ये तोकिएको मापदण्ड अनुसारको सामान सबैभन्दा कम मूल्यमा दिन प्रस्ताव गर्ने प्रस्तावककै प्रस्ताव स्वीकृत गर्न बाध्य भए।

इष्टवेष्टलाई लट्री लाग्यो

७० सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन किन्न सिभिल अस्पतालले टेन्डर आह्वान गरेको थियो। सो मेसिन खरिदका लागि तीन वटा सप्लायर्स कम्पनिले प्रस्ताव पेस गरेका थिए। ‘हस्पिटेक’, ‘आरबी मर्चेन्ट’ र इष्टवेष्ट कन्सर्न’ले पेस गरेको प्रस्तावमध्ये हस्पिटेकले फिलिप्स कम्पनीको एमआरआई मेसिन दिने प्रस्ताव पेस गरेको थियो। अस्पतालले मेसिन खरिदको लागि २३ करोडको बजेट सिलिङ तोके पनि उसले भने बजेटको सिलिङ भन्दा बढी रकम पेस गरेको थियो।

आरबी मेर्चेन्टले युनाईटेड इमेजिङ कम्पनीको एमआरआई मेसिन दिने गरी प्रस्ताव पेस गरेको थियो। इष्टवेष्ट कन्सर्नले सिमेन्स कम्पनीको एमआरआई मेसिन खरिद गरेर दिने गरी प्रस्ताव पेस गरेको थियो।

हस्पिटेकले अस्पतालको सिलिङ भन्दा बढी रकम प्रस्ताव गरेकाले आरबी मर्चेन्ट र इष्टवेष्टमध्ये एउटाले टेन्डर पाउने सम्भावना थियो। यी दुई सप्लायर्सले अस्पतालको बजेटको सिलिङ (करिब २३ करोड) भित्र नै एमआरआई मेसिन खरिद गरिदिनेगरी प्रस्ताव पेस गरेका थिए।

इष्टवेष्टले आरबीकोभन्दा करिब दुई लाख सस्तोमा एमआरआई ल्याइदिने गरी प्रस्ताव पेस गरेको थियो। इष्टवेष्टले ल्याउने जर्मन कम्पनीको मेसिन हो भने आरबीले ल्याउने भनिएको चिनिया कम्पनीको एमआरआइ मेसिन थियो।

एआरआइ मेसिन किन्न सप्लायर्ससँग बार्गेनिङ गर्दै सिभिल अस्पतालका निर्देशक : १५ करोडको मेसिनलाई २३ करोड दिने तयारी

निजामती अस्पताल निर्देशकको बदमासीमा सशस्त्र अस्पतालकी इन्जिनियरको कनेक्सन

मुख्यसचिवको नाम लिँदै थर्काउँछन् सिभिलका निर्देशक, नियम विपरित निजीमा काम गर्दा पनि मन्त्रालयले कारबाही गर्न सकेन

यी दुवै सप्लायर्सले २३ करोडको सिलिङ भित्र दिने भनिएका एमआरआई मेसिन ७० सेन्टिमिटर बोर साइजको हुनुपर्ने थियो। तर, आरबी सप्लायर्ससँग ६५ सेन्टमिटर बोर साइजको एमआरआई मेसिन किन्ने पक्षमा थिए डा पौडेल।

आरबीले युनाइटेड कम्पनीको ६५ सेन्टिमिटरको ‘न्यारो बोर साइज’को एमआरआई खरिदका लागि प्रस्ताव पेस गरेको थियो। ६५ सेन्टिमिटर बोर साइजको मेसिनको लागत १२ देखि १५ करोड मात्र हो।

इष्टवेष्ट कन्सर्नले ७० सेन्टिमिटर ‘वाइड बोर साइज’को सिमेन्स कम्पनीको एमआरआई मेशिन खरिद गर्ने प्रस्ताव पेस गरेको थियो। तीन कम्पनीको प्रस्तावमध्ये दोस्रो स्पेशिफिकेशन समितिले पनि ७० सेन्टिमिटर वाइड बोर साइज नै प्रस्ताव गरेको र सो मेसिन दिन इष्टवेष्टले मात्रै प्रस्ताव गरेपछि कमिसनमा कुरा नमिले पनि मूल्याङ्कन समितिले उसैलाई सामान सप्लाइको सम्झौताका लागि सूचना जारी गर्न बाध्य भए।

२९ जेठ, २०७९, १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।